नियम १७
मोठ जम्माबन्दी खडा गर्ने
 (१) परिच्छेद –२ बमोजिम प्रारम्भिक व्यवस्था समाप्त
भई रैकरमा परिणत भएको विर्ता जग्गाको दुरुस्त लगत तयार भएपछि हाकिमले
प्रत्येक मौजाको प्रत्येक जग्गा धनीको ढाँचा बमोजिमको मोठ जम्माबन्दी खडा गर्नेछ ।
(२) उपनियम (१) बमोजिम खडा भएको मोठ जम्माबन्दी यस्ता जग्गाको
लगत र असुली सम्बन्धी स्थायी श्रेस्ता मानिनेछ ।
तर स्थायी श्रेस्ता खडा नभएसम्म भूमिकर असुल उपर गर्न वा यस्ता जग्गा
सम्बन्धी जुनसुकै कुराको निपटारा गर्न रोकिने छैन ।
(३) मोठ जम्माबन्दीको ढाँचा नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।